पञ्चपुरीको वडा नं २ मा वडा स्तरीय अपांग सञ्जाल गठन,

पञ्चपुरी नगरपालिकाको वडा नं २ मा आज वडा स्तरीय अपांग सञ्जाल गठन गरिएको छ । पञ्चपुरी २ मा रहेका अपांगता भएका ब्यक्तिहरुको भेलाले ९ सदस्यीय सञ्जाल गठन गरेको हो । भेलाले नरेश बिसीलाई अध्यक्षमा चयन गरेकोे छ ।
जसको उपाध्यक्षमा कमला बुढा सचिब हिमाल चपाई र कोषाध्यक्ष मानसिंह दमाई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा पबित्रा बि क ,लाल बहादुर दमाई, धनरुपा बि क, दल बहादुर बुढा र तप्त बहादुर सिजापति रहनुभएको छ ।
भेलामा साईनिङ अस्पताल आईएनएफ सुर्खेत बाट सञ्चालित पहुँच तथा समाबेशीकरण परियोजनाको बारेमा उदय हमालले जानकारी दिनुभएको छ । भेला वडा न. २ का अध्यक्ष याम बहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...