१० माघ, सुर्खेत ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ चौकुने गाउँपालिकाका विभिन्न स्थानहरूमा गठन गरिएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सङ्घ गठन गरिएको हो । जस अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौकुने २ लगाम सुर्खेतमा दीपिका बिकको अध्यक्षतामा १५ सदस्य समिति गठन गरिएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौकुने ३ बेतानमा पवित्राकुमारी थापा मगरको अध्यक्षतामा १६ सदस्य समिति गठन गरिएको छ । त्यस्तै जनजागृत माध्यमिक विद्यालय चौकुने ५ ताेस्रामा बिमल घर्ती मगरको अध्यक्षतामा १९ सदस्यीय, जगन्नाथ माध्यमिक विद्यालय चौकुने ४ बिजौरामा लोकराज तिरुवाको अध्यक्षतामा १६ सदस्यीय, जीवनज्योति माध्यमिक विद्यालय चौकुने ६ गुटुमा लक्ष्मी नेपालीको अध्यक्षतामा ३८ सदस्यीय र सरस्वती माध्यमिक विद्यालय चौकुने १० घाटगाउमा नवीन बिसिकाे अध्यक्षतामा ३६ सदस्यीय नेपाल विद्यार्थी संघ गठन गरिएको छ ।
कार्यक्रममा लोकेन्द्र रावल र विद्यापुर जनता बहुमुखी क्याम्पसका स्वबियु सभापति चेतन नेपालीले प्रशिक्षण तथा नेविसंघको बारेमा जानकारी दिनुभएको छ । कार्यक्रम नेविसङ्घका जिल्ला कार्यसमिति सदस्य डम्बरबहादुर बादीको अध्यक्षतामा सम्पन्न भएको हो ।













