नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बराहतालको सभापतिमा थापा चयन,

140 पटक हेरिएको

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बराहताल गाउँपालिका सुर्खेतको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका उपसभापति टोपबहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा अमृत थापा मगरलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बराहताल कार्यसमितिको सभापतिमा चयन गरिएको छ ।

त्यसैगरी समितिको उपसभापतिमा बलबहादुर घर्ती, दिप बहादुर दर्लामी, सचिव बिमल मर्साङ्गी, निर्मला दर्लामी सहसचिव धनबहादुर सारू, नगेन्द्र गरंजा र कोषाध्यक्ष डिलासरा राजी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सेतीसरा गुरुङ, भक्त बहादुर लामिछाने, सुमित्रा पुन, मिलन ढ्याङ्गा र लाल बहादुर थापा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...