८ माघ, सुर्खेत ।
विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लोकेन्द्र रावल चयन हुनुभएको छ । आज भएको विद्यालयका सदस्यहरूको भेलाबाट रावल सर्वसम्मत चयन हुनुभएको हो ।

जसको सदस्यमा नगेन्द्र बहादुर शाही, भावना रावल, चेतन नेपाली, रणबहादुर महतरा, भरत सिंह, राधा रिमाल, हिरामणी पौड्याल र सदस्य सचिवमा द्रोणराज पाठक रहनुभएको छ । निर्वाचित अध्यक्ष रावलले विद्यालयमा यसअघि व्यवस्थापन समितिले गरेका कामहरूलाई निरन्तरता दिँदै आगामी दिनमा थप विद्यालयको शैक्षिक गुणस्तर र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।











