सुर्खेत ।
बाबियाचौर लघु जलविद्युत सहकारी संस्था लि.को ८ औं बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभाले आव २०७८÷७९ को आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ । आजको साधारणसभा विशेष गरि बिधुत प्राधिकरणको राष्ट्रिय बत्ती संग समायोजन गर्ने बिषयमा केन्द्रित रहेको थियोे ।
आजको भेलाले स्थानीय उत्पादन गरिएको बिधुत सरकारी मापदण्ड अनुसार बिक्री गर्ने, बिधुतका पोल तथा तार निशुल्क रुपमा प्राधिकरणलाई हस्तान्तरण गर्ने, सहकारीको कर्मचारी ब्यवस्थापनका लागि स्रोतको खोजि गर्ने र राष्ट्रिय बिधुतिकरणका लागि कुनै बाधा अड्चन नगर्ने समेत निर्णय गरिएको सहकारीका कोषाध्यक्ष टिकाराम खरालले जानकारी दिनुभएको छ । साधारणसभा सहकारीका सदस्य कृष्णाखर जैशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
