पञ्चपुरी नगरपालिकाको वडा नं ५ आज वडा स्तरीय अपांग सञ्जाल गठन गरिएको छ । पञ्चपुरी ५ मा रहेका अपांगता भएका ब्यक्तिहरुको भेलाले ९ सदस्यीय सञ्जाल गठन गरेको हो । भेलाले शिवराम जैशीलाई अध्यक्षमा चयन गरेकोे छ ।
जसको उपाध्यक्षमा बिर्मा दमाई सचिब प्रेम शाही र कोषाध्यक्ष बिपना कार्की रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सर्वजित थापा, देबिसरा गिरी, देबिसरा गन्धर्मा तारामी, दिनेश शाही र भिमबहादुर सोडारी रहनुभएको छ ।
भेलामा साईनिङ अस्पताल आईएनएफ सुर्खेत बाट सञ्चालित पहुँच तथा समाबेशीकरण परियोजनाको बारेमा उदय हमालले जानकारी दिनुभएको छ । भेलामा वडा अध्यक्ष नगेन्द्र बहादुर शाही, नगर अपांग सञ्जालका अध्यक्ष राजकुमार कडेल वडा सचिव अमृता कुमारी पोखरेलको सहभागीता रहेको थियोे ।