पूर्वपश्चिम राजमार्गको बारा-जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका छन् ।
बा १६ च ८११ नम्बरको कारले गत पुस १८ गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो । प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो।
उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिनुभयो ।