नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्षलाई अनियमितता गरेको भन्दै कालोमोसो,

जाजरकोट छेडागाड नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित छेडागाड न.पा. वडा नं. ६ का वडाध्यक्ष रामबहादुर केसीलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका छन् ।  स्थानीय एक विद्यालयसहित विभिन्न विकास निर्माणको बजेटमा अनियमितता गरेको भन्दैकालोमोसो दलि, जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् ।

सिंगो विद्यार्थी र जनताको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन् र दिदैनौ पनि गलतका विरुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए ।

त्यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माध्यमिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफगाना–पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँयाँ हिनामिना गरेको, कोभिड–१९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको अरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...