कृषि, पशुपालन, स्वास्थ्य तथा स्वरोजगार ः सुदृढ जनस्वास्थ्य सहितको समृद्धि पञ्चपुरीको आधार भन्ने नारा सहित पञ्चपुरी नगरपालिकाको १२ औ नगर सभा आज बाबियाचौरमा सम्पन्न भएको छ । नगरसभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरुले नगरपालिकाको बिकासको लागि सबैले आवश्यक छलफल गरि योजना बनाउनुपर्ने सुझाव दिएका छन ।
नगरसभाको खुला छलफलमा बोल्दै पञ्चपुरी वडा नं ८ का वडा सदस्य चुडामणी घिमिरेले जाजुरा दहको संरक्षणमा नगरपालिकाले आवश्यक नीति वनाउन जरुरी रहेको बताउनुभएको छ । दहताल पञ्चपुरी पर्यटकिय क्षेत्र भएको हुदा यसको संरक्षणको लागि सबैको पहल हुनुपर्ने घिमिरेले जोडदिनुभयो ।
त्यसैगरी वडा नं ३ का वडा सदस्य सुरज कार्कीले वडा समितिको बैठक बसि आबश्यकताका आधारमा योजना बनाउदा दिगो र प्रभाबकारी हुने सुझाव दिनुभएको छ । नगरपालिकाले आगामी हप्तादेखी वडा कार्यालय र कर्मचारीको ब्यवस्थापन तथा अनुगमन गर्नको लागि ईलेक्ट्रोनिक हाजिरी मेसिन जडान गर्ने र त्यसको सम्पुर्ण जानकारी नगरपालिकामा हुने गरि ब्यवस्थापन गर्ने योजना बनाएको छ ।
नगरसभामा बोल्दै नगर उप प्रमुख मुक्ति रेग्मीले अघिल्लो आवको दायित्व सारिएका योजनाका कारण यसपटक बजेट कम भएको बताउनुभएको छ । नगरसभा सदस्य हरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख लालवीर भण्डारीले हिउदे परिषद विशेष गरि ऐन कानुन निर्माणको लागि बिशेष हुने भएको हुदा बिकासका योजना आगामी बजेटमा समाबेश गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेशका १० ओटा स्थानिय तह नमुना बनाउने प्रदेशको लक्ष्य अनुसार पञ्चपुरी पनि एक भएको हुदा नमुना बनाउन कर्मचारी, जनप्रतिनिधी र सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण सहयोग आवश्यक रहेको बताउनुभएको छ । नगरप्रमुख भण्डारीले बिकासका कामहरु सुस्त गतिमा भएको हुदा वडा र नगरका योजनाको काम तिब्र गतिमा अघि बढाउन सबैलाइ निर्देशन समेत दिनुभएको छ । नगरसभामा ६ महिना भित्र भएका कामको प्रगति समीक्षा समेत गरिएको छ ।