पञ्चपुरीको वडा नं ८ ले वडाका युवाहरुलाइ मोटर ड्राइभिङ्ग तालिम दिदै,

पञ्चपुरी नगरपालिका वडा नं ८ को सहयोगमा वडाका युवाहरुलाइ सिपबिकास तालिम दिन सुरु गरिएको छ । वडाको सहयोगमा युवाहरुलाई मोटर ड्राइभिङ्ग तालिमको आज उद्घाटन गरिएको छ । आव २०७९÷८० को बिनियोजित बजेट बाट ५ जना युवाहरुलाई तालिम दिन लागिएको हो ।
तालिमको उदघाटन गर्दै वडा अध्यक्ष दिपक कुमार थापाले सहभागिहरुले सिकेको सीप ब्यबहारमा लागू गर्नुपर्ने बताउनुभएको छ । युवाहरुको क्षमता बिकासलाई आगामि दिनहरुमा निरन्तरता दिने र त्यसको लागि तालिम सिक्ने सहभागीहरु लगनशिल हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा वडा सदस्य कोपिला नेपाली, हरिकला महतारा, लोकराज कुवर र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । १ महिना सम्म सञ्चालन हुने तालिमको सहजिकरण पञ्चपुरी मोटर ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टरले गर्ने ललित सुनारले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...