सुर्खेतमा यातायात व्यवसायीले माघ ७ गते सवारी बन्द गर्ने भएका छन् । सुर्खेतबाट संचालित आठ वटा यातायात व्यवसायीहरुले संयुक्त रुपमा १ दिन सवारी बन्दको घोषणा गरेका हुन् ।
वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्कमा नगरपालिकाले छलफल नै नगरी २ वटा यातायात प्रा.लि.लाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै वीरेन्द्रनगर नगरपालिकाको विरोधमा सवारी बन्द गर्ने व्यवसायीहरुले बताएका छन् ।
२ वटा यातायात प्रा.लि.लाई नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहाना गरी साविकको काउण्टरको दक्षिण तर्फ आउट डोर काउण्टर सञ्चालन गर्नका लागि संरचना निर्माण गर्न दिएकोमा अन्य यायायात प्रा.लि.ले संयूक्त विज्ञप्ती मार्फत विरोध जनाएका हुन् ।