बाबियाचाैरलाइ पश्चिम सुर्खेतकाे केन्द्रकाे रुपमा बिकास गर्छु- थानी,

सुर्खेत ।
सुर्खेत क्षेत्र नं २ का सांसद हृदयराम थानीले बाबियाचाैरलाई पश्चिम सुर्खेतकाे केन्द्रकाे रुपमा बिकास गर्ने उद्घाेष गर्नुभएकाे छ । आज नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितिले आयाेजना गरेकाे भेटघाट कार्यक्रममा थानिले साे कुरा बताउनुभएको हाे ।

निर्वाचित भएको १ बर्षमा धेरैपटक जनताको घरमा पुग्न नसकेकाे बताउदै सांसद थानिले केन्द्रमा बसेर जनताको आबश्यकता र समस्या सम्बाेधन गर्न रातदिन याेजना मागका कुरामा निरन्तर लागिरहेकाे बताउनुभएको छ । पश्चिम सुर्खेतका धेरै क्षेत्रमा बिकास गर्न बाकि रहेकाे र आफ्नाे कार्यकाल सम्म आफुले गरेका बाचा पूरा गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । फरक प्रसंगमा थानिले काङ्ग्रेस भित्र एक अर्कामा दाेष लगाउने र गुट उपगुट बनाउने कुरा अब अन्त्य गरिनुपर्नेमा समेत जाेड दिनुभएको छ । पश्चिम सुर्खेतमा काङ्ग्रेसको संगठन बनाउन आफु निरन्तर लागेकाे स्मरण गराउदै थानिले आफुले पुरानाे स्वभाव सबै बिर्सेर परिवर्तन भएको समेत बताउनु भएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य जानकी सिंहले काङ्ग्रेस बलियाे बनाउन नेता परिबर्तन हुन जरुरी रहेकाे औंल्याउनु भएको छ । नेताकाे स्वभाव, बानि व्यवहार परिवर्तन भएकाे सन्देश टाेल टाेल र घरघरमा पुर्‍याउन सके काङ्ग्रेस आफैमा बलियाे पाटि बन्ने बताउनुभएको छ । साथै उहाले कर्णाली प्रदेश सरकारकाे तर्फबाट पञ्चपुरी काे लागि गरिने बिकासमा आफु सधैं सकारात्मक रहने र आबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...