बिद्यालयकाे कुर्सीमा बसेर राजनीति नगराैं- नगरप्रमुख थापा,

सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले शिक्षकले बिद्यालयकाे कुर्सीमा बसेर राजनीति नगर्न अाग्रह गर्नुभएको छ । पञ्चपुरी शिक्षा युवा तथा खेलकुद बिकास शाखाले अायाेजना गरेकाे बिद्यालयका प्रधानाध्यापक हरुकाे बैठकमा यस्ताे कुरा बताउनुभएकाे हाे । थापाले समुदायका नागरिक हरुले अभिभावक काे रुपमा अहिले पनि शिक्षकहरुलाइ हेर्ने गरेकाे हुदा कसैकाे लहलहैमा लागेर गलत निर्णय नगर्न समेत सुझाव दिनुभयाे । शिक्षक, अभिभावक, नेता, वकिल, समाजसेवीकाे रुपमा शिक्षकलाई समुदायमा हेर्ने गरेकाे हुदा जनचेतना तथा राम्रो शन्देश र अनुशासन सिकाउने जिम्मा शिक्षककाे रहेकाे समेत बताउनुभयाे ।

बैठकमा पञ्चपुरी नगरपालिका भित्र का ५३ अाेटा सामुदायिक बिद्यालयका ११ हजार २ सय ३७ जना बिद्यार्थीलाई मास्क र १ सय ६ थान थर्माेगन समेत बितरण गरिएको छ । बैठकमा शिक्षा शाखा प्रमुख तुलसी केसीले बितरण गरिएको सामाग्री प्रत्येक दिन बिद्यालयमा सहि तरिकाले प्रयाेग गर्न अाग्रह गर्नुभएको छ ।

त्यसैगरी पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मी, प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर बुढा, वडा नं १० का वडा अध्यक्ष हरिप्रसाद ढकाल र अधिबक्ता कलम खत्रि लगाएतले काेराेना रुप फरक भएको र फेरि महामारीको जाेखिम भएको हुदा शिक्षकहरुले सुचना प्रवाह गरि पुर्ब सचेतना फैलाउन अाग्रह समेत गर्नुभएको छ । जनता माद्यामिक बिद्यालय बिद्यापुरका प्रधानाध्यापक माेतिराज जाेशीकाे अध्यक्षतामा भएको बैठक काे संचालन द्रोणराज पाठकले संचालन गर्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...