सुर्खेतमा रहेको राष्ट्रिय वाणिज्य बैंकका कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १८ जना कर्मचारीमध्य १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।
दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षणसहितको संक्रमण देखिए पनि परीक्षण हुन बाँकी रहेको बैंकका प्रमुख लिलाराम ढुंगानाले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार बैंकको सुरक्षार्थ खटिने एक जना गार्डलाई कोभिड अस्पताल कालागाउँमा भर्ना गरिएको छ ।