जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

३ माघ सुर्खेत ।
जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ सुर्खेतको आर्थिक वर्ष २०८०÷०८१ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । विद्यालयमा एक कार्यक्रमका बीच सार्वजनिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । विद्यालयले ५ करोड ५७ लाख ८ हजार ८४० रुपैयाँ ८८ पैसा बराबरको आयब्यय प्रस्तुत गरेको छ ।
नमुना विद्यालयको रूपमा सञ्चालन भएको विद्यालयले आफ्ना शैक्षिक गतिविधिहरूको बारेमा अभिभावकहरुलाई जानकारी समेत गराएको छ । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि थप नयाँ कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।

विद्यालयको शैक्षिक अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा प्रधानाध्यापक मोतीराज जोशीले जानकारी दिनुभएको छ । साथै उहाँले अभिभावकहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ समेत दिनुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि लगायत अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रतन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...