सुर्खेत ।
गौरि शंकर आधारभुत बिद्यालय पञ्चपुरी ६ चतुरे सुर्खेतको २८ औ बार्षिकउत्सब आज सम्पन्न भएको छ । पञ्चपुरीको बाबियाचौरमा भएको कार्यक्रममा बिद्यालयले गरेको काम तथा अवस्थाको बारेमा जानकारी दिनुका साथै बिद्यालयको आयब्ययको बारेमा समेत जानकारी दिइएको छ । बिद्यालयको अवस्था बारे जानकारी दिदै प्रधानाध्यापक कलावती भण्डारीले दलित बालबालिकाहरुको बाहुल्यता भएको बिद्यालयमा ब्यवस्थापनका लागि फर्निचर, शिक्षक, तथा प्रयाप्त शैक्षिक सामाग्री अभाव रहेको बताउनुभयो ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष मनबहादुर बरैले बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्नको लागि शिक्षक अभिभावक र बि ब्य स को महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ । साथै उहाले आगामी दिनमा बिद्यालयको सुधारका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको र आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कारितास नेपालको सहयोग रहेको कार्यक्रममा बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने बालबालिकालाई पुरस्कार बितरण समेत गरिएको छ । कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । नबिन सार्कीले सञ्चालन गरेको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर रिमालको अध्यक्षतामा सम्पन्न भएको हो ।
