गौरिशंकर आधारभुत बिद्यालय पञ्चपुरी सुर्खेतको बार्षिकउत्सव सम्पन्न,

गौरिशंकर आधारभुत बिद्यालय पञ्चपुरी ६ चतुरे सुर्खेतको २७ औ बार्षिकउत्सब आज सम्पन्न भएको छ । पञ्चपुरीको बाबियाचौरमा भएको कार्यक्रममा बिद्यालयले गरेको काम तथा अवस्थाको बारेमा जानकारी दिनुका साथै बिद्यालयको आय ब्ययको बारेमा समेत जानकारी दिइएको छ ।
बिद्यालयको अवस्था बारे जानकारी दिदै प्रधानाध्यापक कलावती भण्डारीले दलित बालबालिकाहरुको बाहुल्यता भएको बिद्यालयमा ब्यवस्थापनका लागि फर्निचर, शिक्षक, तथा प्रयाप्त शैक्षिक सामाग्री अभाव रहेको बताउनुभयो । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्नको लागि शिक्षक अभिभावक र बिब्यस को महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ ।

बिद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नहुनु सबै बिद्यालयमा समस्या भएको हुदा नगरपालिकाले पनि केही राहत स्वरुप स्वयंसेवक शिक्षकको ब्यवस्थापन गरेको बताउनुभएको छ । भण्डारीले आगामी दिनमा बिद्यालयको सुधारका लागि नगरपालिका सधैं सकारात्मक रहेको र आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

एकता फाउन्डेसनको सहयोग रहेको कार्यक्रममा बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने बालबालिकालाई पुरस्कार बितरण समेत गरिएको छ । बिद्यालयका बालबालिकाहरुले कार्यक्रममा सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर रिमालको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...