पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा ९ औं माघी मेला मनाइयो,

२ माघ, सुर्खेत ।
पञ्चपुरी नगरपालिका बाबियाचौरमा ९ औं माघी मेला २०८१ सम्पन्न भएको छ । मेलामा विभिन्न सांस्कृतिक नृत्य, लोक गीत जस्ता कार्यक्रमहरू प्रस्तुत गरिएको हो । नेपाल मगर संघ पञ्चपुरीको आयोजनामा भएको कार्यक्रममा बिभिन्न खेलकुद कार्यक्रम समेत समाबेश गरिएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख लालबिर भण्डारीले माघे संक्रान्तिको महत्वलाई उल्लेख गर्दै समाजको विविधता र संस्कृतिको संरक्षण गर्नका लागि यस्ता मेलाहरू महत्वपूर्ण हुने कुरा बताउनु भएको थियो । साथै उहाँले मेला आयोजनाले स्थानीय समाजमा एकता, भाईचारा र सांस्कृतिक समृद्धिको वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
माघे संक्रान्ति पर्वले स्थानियलाई एक जुट गराउने, समाजमा खुशी र उल्लास फैलाउन भूमिका खेल्ने समेत भण्डारीले बताउनुभयो । कार्यक्रममा अतिथिहरुले माघी पर्वको शुभकामना ब्यक्त गर्दै मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । मेलामा गायिका मुना मगर र दिलिप थापाको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा वडाका वडाध्यक्षहरु तथा वडा सदस्यहरु, स्थानिय, समाजसेवी बुद्दिजिवि, राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । चन्द्रा आले मगर को स्वागत मन्तब्य रहेको कार्यक्रम खगिसरा दर्लामी मगरले सञ्चालन गर्नुभएको हो । मेला मगर संघका पञ्चपुरीका अध्यक्ष मनबहादुर बरैको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...