विभिन्न कार्यक्रम सञ्चालन गरि ८ औं माघे सक्रान्ति मेला पञ्चपुरीमा सम्पन्न,

118 पटक हेरिएको

नेपाल मगर संघ पञ्चपुरीको आयोजनामा ८ औं माघे सक्रान्ती मेला आज बाबियाचौरमा सम्पन्न भएको छ । मेलामा उद्घाटन समारोहमा बोल्दै पञ्चपुरी वडा नं ६ का अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथी नरबहादुर सिजापतिले मगरहरुले आफ्नो कला संस्कृति संरक्षणमा सधैं लाग्न जरुरी रहेको बताउनुभएको छ ।
समुदायमा छुट्टै परम्परा तथा रहनसहन रहेको मगर समुदायको उत्थान तथा राज्य संयन्त्रमा पु¥याउन स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष भुमिका खेल्नुपर्नेमा सिजापतिले जोड दिनुभएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
मेलामा जनजातिहरुको बिचमा १०० मिटर दौड, कुर्सी दौड, जोडि दौड, सटपट लगाएतका खेलहरु समेत संचालन गरिएको थियोे । गोविन्द सिजालीले सञ्चालन गरेको कार्यक्रम नेपाल मगर संघ पञ्चपुरीका अध्यक्ष थिरबहादुर सिजापतिको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...