बराहताल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन

१ माघ, सुर्खेत ।
सुर्खेतकाे बराहताल गाउँपालिका वडा नम्बर ४ को नव निर्मित भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लक्ष्मी पुन मगरको विशेष आतिथ्यतामा सो भवनको उद्घाटन गरिएको हो । २ करोड १८ लाखको लागतमा निर्माण गरिएको भवनबाट वडाका थप सेवाहरू प्रवाह गर्न सजिलो हुने भएको छ ।
गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले सबै वडा कार्यालयहरू निर्माणका लागि पहल गरिने बताउँदै वडा नम्बर ४ मा भएको भवनबाट थप गुणस्तरीय सेवा प्रवाह गरिने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...