२९ पाैष, सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । वडामा रहेका ७८, ७९, र ८० वर्ष उमेर समूहका १९ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ। पञ्चपुरी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित यस कार्यक्रममा जेष्ठ नागरिकहरूको सम्मान गर्दै उनीहरूको सम्मान र हेरचाह प्रति प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष यामबहादुर बिसीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको र उहाँहरूको सम्मान गर्नु हाम्रो कर्तव्य भएको समेत बताउनुभयो ।
जाडो मौसममा न्यानो कम्बल वितरणले जेष्ठ नागरिकहरूलाई राहत मिलेको छ । सम्मान कार्यक्रमले उनीहरूको मनोबल पनि उच्च बनाएको सहभागीहरूले बताएका छन् ।