२९ पौष, सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को कार्यालयले वडाका किसानहरूलाई व्यावसायिक टिमुर खेतीमा आकर्षित गराउन थालेको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट किसानहरुलाई व्यावसायिक टिमुर खेतीमा आकर्षित गराउन एक हजार वटा बिरुवा वितरण गरिएको छ ।
लाटीकाँडा टोलमै पुगेर वडा अध्यक्ष नरबहादुर सिजापतिले किसानहरूलाई टिमुरका बेर्ना वितरण गर्नुभएको छ । टिमुर वितरण गर्दै अध्यक्ष सिजापतिले बिरुवा वितरण मात्र ठूलो कुरा नभई यसको संरक्षण र यसबाट आम्दानी लिन सकेमात्र उपलब्धि देखिने बताउनुभएको छ ।
टिमुरका बेर्ना रेखदेखका लागि स्थानीय महिला कृषक समूहलाई बिरुवा हस्तान्तरण तथा जिम्मेवारी दिइएको छ । कृषक समुहले स्थानिय भुवाटाकुरा सामुदायिक बनको करिव १० रोपनी जग्गामा बिरुवा लगाएको छ । वडा कार्यालयले किसानहरूलाई व्यावसायिक रूपमा आम्दानी बढाउनको लागि यसअघि पनि कृषिसँग सम्बन्धित विभिन्न सामग्री तथा सुन्तलाका बिरुवा समेत वितरण गर्दै आएको छ ।
