हाम्रो सुर्याेदय सञ्चार सहकारी संस्था लि पञ्चपुरी ५ को ९ औ बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । सहकारीको ९ औ साधारणसभामा २५ लाख ७ हजार २४९ रुपैया ७१ पैसा बराबरको आय ब्यय सहकारीका कोषाध्यक्ष कृष्णबहादुर बिसीले प्रस्तुत गर्नुभएको छ ।
त्यसैगरी साधारणसभामा संस्थाको सांगठनिक प्रतिबेदन सहकारीका सचिव तेज प्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा अतिथिहरुले संस्थाको प्रगतिको शुभकामना समेत दिनुभएको छ । साधारणसभाले सचिव रेग्मीले दिनुभएको राजिनामा स्वीकृत गरि रमेश बौडेललाई सचिवमा नियुक्त गरेको छ ।
साधारणसभाको प्रमुख अतिथी पुर्व स्वास्थ्य राज्यमन्त्री नवराज रावत रहनुभएको थियोे भने अध्यक्षता सहकारीका अध्यक्ष भिमबहादुर रावतले गर्नुभएको हो ।
