पञ्चपुरी कृषि सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारणसभा आज पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका ९ को बिद्यापुरमा सम्पन्न साधारणसभामा आ.व २०७९÷०८० को १ करोड रु ३१ लाख २९ हजार ८०२ रुपैया ७९ पैसा बराबरको आय ब्यय प्रस्तुत गरिएको छ ।
पञ्चपुरीमा कार्यक्षेत्र रहेको सहकारीले शेयर सदस्यहरु आर्थिक आम्दानी गर्नको लागि विभिन्न कृषी गतिविधि गर्दै आएको छ । आज भएको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी लालबीर भण्डारीले सहकारीले गरेको काम प्रसंसायोग्य रहेको बताउनुभएको छ । साथै उहाले सहकारी प्रति जनताको बिस्वास जगाउन सहकारीले सदस्यहरुको क्षमता अभिबृद्धिका कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कृषि क्षेत्रको बिकासका लागि नगरपालिकाले पनि प्राथमिकता दिएको बताउदै भण्डारीले कृषि उत्पादन गरेका कृषकको उत्पादन लाई बजारिकरण गर्न आबश्यक पहल गर्ने बताउनुभएको छ । सहकारीको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष गंगाराम घिमिरेले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष रतन थापाले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको हो । भेलाले डिल्लीराम तिवारीलाइ अध्यक्ष र भबिसरा पौडेल घिमिरेलाइ सदस्यमा चयन गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष, सहकारीका प्रतिनिधि, सरोकाला निकाय लगाएतको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष गंगाराम घिमिरेले गर्नुभएको हो ।