नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्यसमिति सुर्खेतले ‘बिपतमा नेपाली काङ्ग्रेस पञ्चपुरी’ अभियान चलाउने भएको छ । नेपाली काङ्ग्रेस पञ्चपुरी नगरकार्य समितिकाे नियमित बस्दै आएकाे बैठक अन्तरगत आज बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।
विभिन्न समस्या तथा बिपत पर्दा नागरिकहरुलाई सहयाेग गर्नकाे लागि काेष स्थापना गरिने भएको हाे । अभियानमा सहभागि हुन चाहने कांग्रेसका सदस्यहरुले प्रतिदिन रु १ का दरले बार्षिक रु ३ सय ६५ तिरेर सदस्य बन्ने सकिने भएको छ । कोष सञ्चालनकाे लागि नगरका पदाधिकारी र वडा सभापति सहितको समिति गठन गरिने नगर सभापति कृपाराम थापाले जानकारी दिनुभयाे ।
पार्टीले जम्मा भएको रकम विपतमा घरबास नष्ट भएका समस्यामा परेकालाई अवस्था र घटनाकाे प्रकृति अनुसार ४ हजारदेखि ६ हजार सम्म सहयोग गर्ने भएको छ । आकस्मिक घटनामा परि ज्यान जोखिममा परेका लाई उपचारका लागि पनि सहयोग गरिने थापाले बताउनुभयाे ।
त्यस्तै बिपतमा सहयोग गर्ने अवस्था आएमा कोषमा जम्मा भएको रकमबाट ३० प्रतिशत रकम आर्थिक अवस्था अत्यन्त कमजोर भएको सदस्यलाई बढिमा ६ महिनाका लागि बिना व्याज सापटि रकम सहयोग गर्न सक्ने अवधारणा रहेकाे छ । थापाले अभियानबाट समाजमा मानबिय सहयोग तथा सहकार्यकाे बाताबरणको समेत सृजना हुने पनि बताउनुभएको छ ।
बैठकले अभियानकाे सञ्चालनकाे कार्यबिधि तयार गर्ने समेत निर्णय गरेकाे छ । नगर कार्यसमितिले क्रियाशिल सदस्यबाट प्राप्त मासिक लेबि सहकारीमा खाता संचालन गरेर बचत गर्ने समेत जनाएको छ ।