एमाले सुर्खेतको अध्यक्षमा अमृत कुमार बिसी निर्वाचित,

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अमृत कुमार बिसी निर्वाचित भएका छन्। बुधवार बिहान सार्वजनिक अन्तिम मत परिणाममा बिसीले  ३ सय ६८ मत प्राप्त गरेका छन । अध्यक्षका अर्का प्रत्यासी डण्डी प्रसाद शर्माले २ सय ६७ मत मात्र प्राप्त गरेका छन ।

यसैगरी उपाध्यक्ष पदमा कुलमणी देवकोटा, सचिव पदमा कविन्द्र कुमार केसी, उपसचिव पदमा घनश्याम पाण्डे र बल बहादुर नेपाली निर्वाचित भएका छन्।

निर्वाचित सम्पूर्ण पदाधिकारी बिसी प्यानलका हुन्। शर्मा प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम रानामगर, उपसचिवमा टीकाराम सुवेदी र नेत्रलाल महतराले उम्मेदवारी दिएका थिए।

बिसी प्यानललाई एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको समर्थन रहेको थियो भने शर्मा प्यानललाई केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नवराज रावतको समर्थन थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...