२९ पाैष, सुर्खेत ।
सुर्खेतकाे पञ्चपुरी ५ बाबियाचौरमा रहेको काँक्रेबिहार दाँत केन्द्रका सञ्चालक किरण बिसी र कमला पुरीले शिवधाम धार्मिक संस्थामा रहेको गुरुकुल विद्यालयका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ।
दाँत केन्द्रमा उपचार गर्न आएका बिरामीहरूबाट नाम दर्ता शुल्क बापत सङ्कलन भएको रकमले ११ जना विद्यार्थीलाई न्यानाे कपडा र ब्रस र मञ्जन वितरण गरिएको हो । आफ्नो स्वर्गीय बुवाको वार्षिक सम्झनामा बिसीले विद्यार्थीहरूलाई उक्त सामग्री हस्तान्तरण गर्दै दाँतको नियमित सरसफाई सम्बन्धी जानकारी समेत दिनुभएको छ। विद्यालयले सहयोग गर्ने बिसी परिवारलाई धन्यवाद समेत दिएको छ ।