नेपाली कांग्रेस पञ्चपुरीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न

२७ पौष, सुर्खेत ।
नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमिति पञ्चपुरी सुर्खेतको आयोजनामा पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका कार्यकर्ताहरूको भेलालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्बोधन गर्नुभएको हो ।

कार्यक्रममा नेता शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि आफ्नो प्रयास निरन्तर रहिरहने बताउनुभएको छ । प्रत्येक नागरिकसँग सरोकार राख्ने विषयमा आफू निरन्तर लागिरहेको बताउँदै उहाँले सुर्खेत पश्चिमको विकासका लागि आफू मुख्यमन्त्री हुँदा पनि पहल गरेको र यसभन्दा पछिका दिनहरुमा पनि निरन्तर काम गरिरहने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसैगरी भेलामा उहाँले पञ्चपुरीको प्रहरी तालिम केन्द्रको प्रक्रिया अघि बढिरहेको र मालपोत र नापी कार्यालयको लागि रोकिएको काम तत्काल अघि बढाउने समेत प्रतिबद्धता जनाउनु भएको छ । नेपाली काङ्ग्रेसको सरकार रहँदा कर्णाली प्रदेशमा थुप्रै विकासका कामहरू भएको स्मरण गराउँदै उहाँले सबै कार्यकर्ताहरूले गरेका कामहरूको प्रचार प्रसार गर्न जरुरी रहेको समेत उहाले बताउनुभयो । नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अब नेता तथा कार्यकर्ताहरू पनि आधुनिक र प्रविधियुक्त बन्न जरुरी रहेको समेत उहाँले जोडदिनुभयो ।

अहिलेको पुस्ताले चाहेको विकास र युग सुहाउँदो सोच अनुसार कांग्रेसका कार्यकर्ताहरू अघि बढ्नुपर्ने उहाँको भनाइ रहेको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले कार्यक्रमको सफलताको शुभकामना समेत दिनुभएको छ । नेपाली कांग्रेसका नगर सचिव दीपराज जैसीले सञ्चालन गरेको कार्यक्रम नगर सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...