कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधवार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ आउँदै थिए। दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...