महिला सशक्तिकरण बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न,

महिला सशक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था लि. पञ्चपुरी ६ सुर्खेतको दोस्रो बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीको आ.व २०७८÷७९ को १५ लाख ६३ हजारको आय ब्यय सहकारीका कोषाध्यक्ष दिपा बुढा तामाङ्गले प्रस्तुत गर्नुभएको छ ।
साधारण सभाको उद्धाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नं. ६ का अध्यक्ष नरबहादुर सिजापतीले सहकारीको प्रगतिको शुभकामना दिनुभएको छ । सिजापतीले छोटो समयमा सहकारीले महिलाहरुको शसक्तीकरणका लागि काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा स्थानिय तहबाट हुन सक्ने आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

सहकारी सचिब निर्मला सिंहले सञ्चालन गरेको साधारणसभा सहकारीका अध्यक्ष बिष्णा साउदको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...