कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त,

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। बुधबार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख तिलक परियाले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।जसमा कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न सहमति गरेका छन् । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई / दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा सहमति भएको हो । माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएकाे हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...