नेपाल टि-२० क्रिकेट लिगमा आज विराटनगर र लुम्बिनी खेल्दै,

नेपाल टि–२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ ।

विराटनगर हिजो भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो । यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...