सुर्खेतकाे चाैकुनेमा रहेकाे चाैकुने शाैर्य विद्युत उपभोक्ता सहकारी संस्थाकाे दाेश्राे वार्षिक साधारण सभा चाैकुनेकाे गुटुमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथिका रुपमा बाेल्दै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री शिवराज जाेशीले सहकारीले गरेकाे प्रगतिकाे प्रशंसा गर्दै अन्य सहकारीले पाठ सिक्न जरुरी रहेकाे बताउनुभयो । सहकारीले अरु भन्दा फरक र चाैकुनेकाे गुटुमा उज्यालो कार्यक्रम र दुग्ध डेरी समेत संचालन गरेकाे छ ।
साधारणसभामा गाउपालिका उपाध्यक्ष निर्मला राना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चाैकुनेका पार्टी सचिव हरि प्रसाद अधिकारीले सहकारी ले नमुना काम गरेकाे धारणा राख्नुका साथै सहकारी संस्था काे प्रगति काे शुभकामना दिनुभयाे । साधारणसभाले सहकारीका मृत्युु भएका अध्यक्ष कृपाराम अधिकारी प्रति श्रद्धाञ्जली अर्पण समेत गरेकाे छ । साधारणसभा संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्र चलाउनेकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।