सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ५ ले अाफ्नाे वडा भित्र रहेका जेष्ठ नागरिक हरुलाई सम्मान गरेकाे छ । ७० बर्ष देखि माथि ७५ बर्ष उमेर समुहका ५० जना जेष्ठ नागरिक लाई न्यानाे कपडा बितरण गरेकाे हाे । नियमित रुपमा गर्दै अाएकाे सम्मान कार्यक्रम अन्तरगत वडा कार्यालयले गत बर्ष ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेकाे वडा सचिव अमृता कुमारी पाेखरेलले जानकारी दिनुभयाे ।
आज बितरण गर्न बाकि रहेका जेष्ठ नागरिक हरुलाई घरमै पुगेर बितरण गरिने भएको छ । कार्यक्रम मा बाेल्दै वडा अध्यक्ष हाेम बहादुर रामजालीले जेष्ठ नागरिकहरुका सल्लाह सुझाव सहित अाफु अगाडि बढ्ने बताउनुभयो । प्राय गरि जेष्ठ नागरिक हरुलाई अाफ्ना छाेरा छाेरीले बृद्धाश्रम मा राख्ने संस्कार रहेकाे र यस्ताे अवस्था नअाउन सबैले माया ममता दिनुपर्ने जाेड दिनुभयाे ।
कार्यक्रमका सहभागी हरुले वडा कार्यालयले जेष्ठ नागरिकलाइ गरेकाे सम्मानकाे प्रशंसा गर्दै खुसि ब्यक्त समेत गरेका छन । वडा सचिव अमृता कुमारी पाेखरेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम काे अध्यक्षता वडा अध्यक्ष हाेमबहादुर रामजालिले गर्नुभएको थियाे ।