रमिता बिक, अछाम ।
पालिका स्तरीय स्थानीय बालअधिकार समिति बैठक अछामको कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।स्थानीय बाल अधिकार समिति कमलबजार नगरपालिकाको आयोजना तथा आस्था नेपाल वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र सहजीकरणमा पालिका स्तरिय स्थानिय बाल अधिकार समिती बैठक कमलबजार नगरपालिकामा बुधबार सम्पन्न भएको छ ।
नगर उपप्रमुख एवम स्थानिय बाल अधिकार समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रम्रका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहुनु भएको थियो ।
सोहि कार्यक्रममा वडा अध्यक्षहरु, निमित प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका बिषयगत शाखा प्रमुखहरु, पत्रकार सुरक्षाकर्मी, बाल संजालका प्रतिनिधि, आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही, लगायतको सहभागिता रहेको थियो ।
बैठकमा आस्था नेपालले हाल सम्म सम्पन्न गरिएका क्रियाकलापको जानकारी सहित समिक्षा गर्नुका साथै घटना ब्याबस्थापन प्राणाली लाई कसरी सकृय बनाउने तथा कुन अबस्थाको बालबालिका अति जोखिम र जोखिम कसरि के को आधारमा पहिचान गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गर्नुका साथै कमलबजार नगरपालिकामा अब आगामी दिनमा बालबिबाहलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो ।
यस्तै पालिका स्तरमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरि योजना बनाइ सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने बैठकमा निर्णय गरिएको छ ।
यसका साथै बालबालिकाको बाल समृद्धिमा टेवा पुर्याउने उदेश्यले पालिकाका विभिन्न वडामा रहेका १७ जना अति जोखिम तथा जोखिममा रहेका बालबालिका मध्य १५ जना बालबालिकालाई रु ४ हजारका दरले र २ जना बालबालिका लाई रु १० हजारका दरले जम्मा रु ८० हजार रुपैया बराबरको रकम पालिकामा रहेको बाल कोषबाट खर्च गर्ने गरि सहयोग गर्ने निर्णय भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख यज्ञ प्रसाद ढकालले आगामी दिनमा बाल कोषलाई नियमित गर्न पालिकाले थप आवश्यक बजेट ब्यावस्थापन गर्ने र सबै वडामा अति जोखिममा रहेका बालबालिकाको पहिचान गरि तथ्यांक ब्यबस्थापन गर्ने र बास्तविक जोखिम पहिचान गरि आबश्यक सहयोग गरि बालबालिकाहरुकाे हक र अधिकारलाई सुनिश्चित गरि बाल रबालिकामा समृद्धि ल्याउन सकिने बताउनु भएको छ ।
कार्यक्रमको अध्यक्षताको ग्रहण गर्दै नगर उप प्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा कुमारी बिष्टले बालबालिका र महिलाको समृद्धिको क्षेत्रमा टेवा पुर्याउनका लागि आफु सधै तयार रहने बताउदै नगरका सबै वडामा अति जोखिममा रहेका बालबालिकाको पहिचान गरि संरक्षण गर्ने बताउनु भयो ।
कमलबजार ५ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता सत्यराज तिमिल्सैनाले आफ्नो वडामा अति जोखिममा परेका बालबालिकाको पहिचान गरि सेवा सुविधा दिने बताउदै बालबालिकाको हक र अधिकारका लागि आफ्नो तर्फबाट निरन्तर लागि परेको बताउनु भयो । यस्तै आफ्नो वडामा बालबिबाह न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको हाे ।