कालिका प्राथमिक बिद्यालय पञ्चपुरी १० को अभिभावक भेला आज बच्छीमा सम्पन्न भएको छ । भेलाले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः कृष्ण बहादुर खत्रीलाइ सर्ब सम्मत रुपमा चयन गरेको छ ।
समितिको सदस्य हरुमा गणेश शाही, उदयराम शर्मा, सरिता कडेल, कल्पना शाही, रमेश नेपाली, बिद्या प्रसाद ढकाल र देबेन्द्र बिसी रहनुभएको छ ।
नब निर्वाचित अध्यक्ष खत्रीले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न निरन्तर लागिपर्ने बताउनु भएको छ । बिद्यालयको बिकासका लागि अभिभावकको सहयोग र समन्वय जरुरी रहने समेत बताउनुभएको छ ।