लिलागङ्ग शाही / कैलालीको लम्किमा रहेकोे नव बिकास कृषि सहकारी सस्था लिमिटेडको सातौ बार्सिक साधारण सभाबाट आगामी ३ बर्से कार्यकालका लागि बिनोद कुमार शाही निरबिरोध निर्वाचित हनु भएको छ।जस्को उपाध्यक्षमा नवीन शाही ,सचिव रज बहादुर थापा,सह सचिव धना शाही ,कोषयक्ष प्रेमकला शाही ,सदस्यहरुमा केशव थापा,पुर्ण थापा,खगेन्द्र धमाला,नरेन्द्र शाही राज कुमार चौधरी र गोपाल बहादुर शाही रहेका छ्न ।कार्यसमितिको पहिलो बैठकद्वारा २ जना सदस्य मनोनित हुने छ्न । अध्यक्ष जनक सिह को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी ,सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम नेकपाका केन्द्रिय सदस्य रतन थापा, रहनु भएको थियो ।
उपाध्यक्ष नवीन शाहिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा,मनकामना बचत तथा ॠ ण सहकारी सस्थाका अध्यक्ष घनश्याम डाङ्गी,साना किसान कृषि सहकारी सस्थाकी प्रतिनिधि बिमला सिह,शेयर सदस्य केशव थापाले शुभकामना मनतब्य राख्नु भएको थियो ।साथै कार्यक्रम ३ जना उतकृस्ट बचत कर्ता र ३ जना उतकृस्ट ॠणी लाई सम्मान गरिएको छ। सस्थामा कुल शेयरसदस्य १ सय ५६ जना रहेका छ्न ।
सस्थाको शेयर पुजी २८ लाख ५८ हजार ७ सय ,ॠण लगानी तर्फ ८५ लाख ३ हजार ,७ सय ६७ रुपैयाँ हाल सम्म बचत तर्फ ४६ लाख ९ हजार २ सय ८८ रुपैयाँ रहेको छ। सस्थाको आगामी कार्ययोजनामा शेयरपुजि २५% वृद्धि गरि ३३लाख ७१ हजार ८ सय ७५ रुपैयाँ पुरयाउने ,निक्षेप तर्फ ३०% वृद्धि गरि ६५ लाख ६१ हजार ५० रुपैयाँ र कर्जा लगानीमा २०% ले वृद्धि गरि १७ लाख ७ सय ५३ रुपैयाँ पुर्याउने उदेश्य रहेको छ।कार्यक्रमको संचालन ब्यबस्थापक गोबिन्द शाहले गर्नु भएको थियो।