युनियन क्लब पलैटेद्धारा क्यान्सर पीडित रोकायलाई सहयोग हस्तान्तरण

67 पटक हेरिएको

२४ पौष, सुर्खेत ।
युनियन क्लब पञ्चपुरी २ पलैटेको अग्रसरतामा स्थानीय समुदायको सहयोग र समन्वयमा क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । क्लबले संकलन गरेको २८ हजार ७ सय रुपैयाँ च्युरीखेत घरमै पुगेर सेतु रोकायको परिवारलाई प्रदान गरेको छ ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष याम बहादुर बिसि सहित क्लबका पदाधिकारी, स्थानीय समाजसेवी र रोकायका परिवारजनको उपस्थिति थियो । सहयोग रकम बुझ्दै रोकाय परिवारले आफुहरुलाइ गरेको सहयोगले केही राहत हुने बताएका छन ।
त्यस्तै वडा अध्यक्ष बिसीले रोकायको परिवारमा उपचार गर्नको लागि समस्या रहेको हुदा यसमा सबैको सहयोग अबश्यक रहेको बताउनुभएको छ । साथै उहाले क्लबले समाजमा देखिएका समस्याहरू समाधान गर्न गरेको प्रयास उदाहरणीय रहेको र यस्तो खालका हरेक अभियानलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्लबले यस अघिदेखि नै समाजसेवा र मानवीयता प्रवद्र्धन गर्ने लक्ष्य सहित काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search