इलाका प्रहरी कार्यालय बाबियाचौरको आयोजनामा पञ्चपुरी नगरपालिकामा हुने लागूऔषध दुब्र्यशनी रोकाथामका लागि आज नगर स्तरिय समिति गठन गरिएको छ । नगरपालिका उप प्रमुख मुक्ति देवी रेग्मीको अध्यक्षतामा भएको बैठकले नगर प्रमुख लालबीर भण्डारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको हो ।
जसको सदस्यमा मुक्तिदेबी रेग्मी, कृष्ण प्रसाद जैसी, याम बहादुर वि.सी., राम प्रसाद अधिकारी, वल बहादुर रोकाय, नगेन्द्र बहादुर शाही, कर्ण बहादुर थापा मगर, मन बहादुर वरै, तुल्सी बन रहनुभएको छ । त्यसैगरि वेला कुमारी थापा, द्रोणराज पाठक, तुलसी खनाल, नन्दा शोभा भण्डारी, भरत धमला, गंगाराम देउवा, अमर कार्की, मनोजराम औजी र कल्पना नेपाली लाइ समेत सदस्यमा चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले समुदायमा लागुऔषध रोकथाम र नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताउनुभएको छ । लागूऔषध ओसारपसारमा बालबालिकाहरु पनि संलग्न हुने पाईएको हुदा बिद्यालय स्तरमा पनि यसलाई ब्यापकरुपमा अभियान चलाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाले प्रत्येक वडा कार्यालयले कार्ययोजना बनाई नागरिक र प्रहरीले अभियानमा हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।