भरिपुर्णको साधारणसभा सम्पन्न,

34 पटक हेरिएको

सुर्खेतको चौकुने गाउपालिका वडा नम्बर ८ मा रहेको भरिपुर्ण कृषि बहुमुखी सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारणसभा गुटुमा सम्पन्न भएको छ । कार्यक्रममा ३ करोड २८ लाख १८ हजार ३ सय २० रुपैयाँ ११ पैसा बराबरको आर्थिक आय ब्याय सहकारीका कोषाअध्यक्ष पर्शुराम बास्तोलाले प्रस्तुत गर्नु भएको हो । सहकारीमा हाल ५ सय ५७ जना शेयर सदस्य रहेका छन् ।


कार्यक्रममा प्रमुख अतिथी चौकुने गाउपालिका उपाध्यक्ष निर्मला राना मगरले सहकारीको थप सफलताको शुभकामना यक्त गर्दै आगामि दिनमा गाउपालिका बाट सहकारीलाई आफुले सक्दो सहयोग गर्न समेत बताउनु भयो । सहकारीले आगामि दिनमा कृषि क्षेत्रको बिकास गरि कृषकले उत्पादन गरेका बस्तुलाई बजारिकरण गरि थप कृषकलाइ ससक्त बनाउने लक्ष्य समेत राखेको छ । कार्यक्रम सहकारीका अध्यक्ष यज्ञ प्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...