मालचरीकाे १२ अाै साधारणसभा सम्पन्न,

30 पटक हेरिएको

मालचरी बहुउद्देश्यीय सहकारी संस्था लि पञ्चपुरी २ सुर्खेतकाे १२ अाै बार्षिक साधारणसभा पलैटेमा सम्पन्न भएको छ । सहकारीकाे अार्थिक बर्ष २०७६/ ०७७ काे ३० लाख रुपैया बराबरको अाय ब्यय सहकारी का ब्यवस्थापक बल बहादुर राना ले प्रस्तुत गर्नुभएको छ । त्यसैगरी अार्थिक प्रतिबेदन सहकारीका काेषाध्यक्ष लक्ष्मि पुन मगर ले प्रस्तुत गर्नुभयाे ।

२ सय ५४ जना शेयर सदस्य रहेकाे सहकारीले बिशेष गरि जनजातिहरु संग बचत ऋण परिचालन, उत्पादन मुलक ब्यबसायमा लगानी, कृषि उपकरण खरिद लगाएत काम हरु संचालन गर्दै अाएकाे छ । कार्यक्रम का प्रमुख अतिथी पञ्चपुरी नगरकार्यपालिका सदस्य चन्द्रा अालेमगरले सहकारीकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।

सहकारी का सबै सदस्य हरुले सहकारी काे बिकासका लागि सक्रियता जनाउन समेत अाग्रह गर्नुभएको छ । कार्यक्रम काे स्वागत मन्तब्य डिलबहादुर तारामीले राख्नुभएको थियोे भने कार्यक्रम काे संचालन नामसरा सिजापतिले गर्नुभएको हाे । साधारणसभा सहकारी का अध्यक्ष टीका राना मगरकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...