प्रदेशसमाचार

चौकुनेमा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण,

चौकुने गाउँपालिका वडा नं. ९ मा रहेका जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, अपांगलाई न्यानो कपडा वितरण गरिएकाे छ । वडा नं ९ काे कार्यालय घाटगाउले वडा भित्रका करिव २ सय भन्दा बढि लाई न्यानाे कपडा बितरण गरेकाे हाे ।

वडा अध्यक्ष नवराज जैशीले जेष्ठ नागरिकहरुलाई घरमा पनि उचित माया ममता गर्नुपर्ने र उनिहरुकाे सल्लाह र उपदेशकाे पालना गर्ने समेत बताए । वडाले हरेक बर्ष जेष्ठ नागरिकलाई सम्मान गर्दै अाएकाे छ ।

कार्यक्रममा स्याक नेपाल सुआहारा कार्यक्रमका गणेश बिक लगायतका सामाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको वडा सचिव मिनबहादुर भण्डारीले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker