प्रदेशसमाचार

कांग्रेस सुर्खेतका सह-सचिव विष्टद्वारा पत्रकार महासंघलाई नगद सहयोग,

नेपाली कांग्रेस सुर्खेतका सह–सचिव  हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई नगद सहयोग गरेका छन । उनले अक्षय कोष स्थापनाका लागि ५१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । 

महासंघले यस रकमबाट हरेक वर्ष सुर्खेतमा कार्यरत पत्रकारलाई (युवा पत्रकारिता पुरस्कार) बाट सम्मान गर्ने जनाएको छ । विष्टले बिहीबार महासंघका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यस्तै सहसचिव विष्टले सुर्खेत उद्योग वाणिज्य संघलाई  ‘आपतकालीन राहात कोष’ स्थापना गर्नका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker