सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खस्यो

 कर्णाली प्रदेशको केन्द्र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाबाट भर्खरै प्राप्त समाचार अनुसार यात्रुबाहक बस भेरी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो।

प्रारम्भिक जानकारीअनुसार बोटेचौरदेखि सल्लीबजार जाँदै गरेको बस भेरीमा खसेको खबर आएको छ। प्रहरी दुर्घटनास्थलमा भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...