विप्लवको कारवाहीमा प्रधानाध्यापक नेपालीको प्र.अ बाट राजिनामा,

लामो समयदेखि खेताला शिक्षक राखी मनपरीतन्त्र चलाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले प्र.अ पदबाट राजिनामा गराएको छ । पुर्णज्योती प्राथमिक बिद्यालय बारेकोट गाउँपालिका ९ का प्रधानाध्यापक गणेश बहादुर नेपालीलाई पुस १४ गते प्र.अ पदबाट राजिनामा गराएको हो । त्यस्तै लामो समयदेखि बिबाद र अनेक स्वार्थका कारण शिक्षक बिहिन रहेका नलागाड नगरपालिकाका मुली,जुरेली,गरागली,औला,भात्चिउरा,भारगाउँ,लाबिसा,सिर्के,करुवा,कड्के,डांडागाउँ र बाउसेखोलाका बिद्यालयमा परिक्षा गराएर शिक्षक नियुक्तिको लागि नगर शिक्षा शाखामा सिफारिस गरिएको नेकपा एरिया नम्बर २ का सेक्रेटरी प्रदीपले बताए ।

शैक्षिक गुणस्तर सुधार र शिक्षालयमा हुने भ्रस्टाचारका बिरुद्द अभियान चलाइरहेको अखिल क्रान्तिकारी र पार्टीको संयुक्त कार्यक्रमले बिद्यालयमा हुने भ्रस्टाचार,अनियमितता र ढिलासुस्तीका बिरुद्द संघर्स गर्दै जिल्ला भरिका सम्पूर्ण बिद्यालयमा पुग्ने र शैक्षिक माफियाहरुलाई कारबाहीको दाहेरामा ल्याउने अभियानमा रहेको नेकपा एरिया न .२ का इन्चार्ज हिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...