नेकपा प्रचण्ड, माधव समुहको गाउँपालिका स्तरीय कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ स्थित फलेबिसौनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गाउँ कमिटी अध्यक्ष देविदत्त उपाध्याय हिम शिखरको सभापतित्व भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम नेकपा प्रदेश कमिटी सदस्य नन्द बहादुर साउद प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी नेकपा कैलाली सचिव लाल बहादुर सोडारी, जिल्ला समन्वय समिती प्रमुख सुर्य बहादुर थापा, जिल्ला कमिटी सदस्य कर्ण जैसी, कमल बटाला, टिकासरी बुढामगर, युवा संघ केन्द्रिय सदस्य नेत्र भन्डारी, वडा नम्बर ७ का वडा अध्यक्ष खर प्रशाद अधिकारी लगायतका नेता, कार्यक्रर्ता सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव भुमिनन्द जैसीले गर्नु भएको थियोे ।