उखु किसानले सम्झौताअनुसार भुक्तानी पाएनन,

सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् ।  सम्झौता भएको आठ दिन बितिसक्दा समेत भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो ।

आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपैयाँ किसानको खातामा आएको तर सम्झौता भएको नौ दिन भइसक्दा पनि किसानको खातामा बाँकी रुपैयाँ नआएको उहाँको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएकाे पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको भनाइ छ ।

सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिवद्धता जनाएको थियो । उद्योग मन्त्रालयले भने किसानको भुक्तानी दिनका लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ । यो महिनाभित्र पनि भुक्तानी नभए फेरि आन्दोलन गर्ने उखु किसानले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...