सुर्खेत ।
नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका वडा नं ३ काे टाेल भेला हिजाे लामिदमारमा सम्पन्न भएको छ । वडा सभापति टाेपराज गिरीकाे सभापतित्व र कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्रबहादुर थापाकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हाे ।
भेलाले कर्णबहादुर घर्तीलाई टाेल सभापति बनाएको छ । उपसभापति मा हर्कबहादुर रामजाली, धर्मराज जाेशी, सचिब हरिबहादुर घर्ती, सहसचिव प्रतीक्षा बुढा रहनुभएकाे थियाे ।
त्यस्तै सदस्यहरुमा हर्कबहादुर बुढा, हस्ता सिजापती, कमला घर्ती र ऋषिराम सिग्देल रहनुभएकाे छ । भेलामा पञ्चपुरी नगर सभापति कृपाराम थापाकाे समेत सहभागीता रहेकाे थियाे ।