पञ्चपुरीमा राष्ट्रिय परिचयपत्रकाे तथ्यांक संकलन सुरु,

33 पटक हेरिएको

सुर्खेत ।

राष्ट्रिय परिचय पत्र बितरणका लागि बुधबार हिजाे देखि पञ्चपुरीमा तथ्यांक संकलनकाे काम सुरु गरिएको छ । बुधबार पञ्चपुरीकाे वडा नं ४,५ र ६ काे वडा कार्यालयबाट तथ्यांक संकलन गर्न सुरु गरिएको हाे ।

वडा नं ५ काे वडा कार्यालयबाट पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाको पहिलाे बिबरण भरेर परिचयपत्र काे लागि तथ्यांक संकलनकाे काम सुरु गरिएको हाे । आज देखि नगरपालिका भित्रका सबै वडा बाट बिबरण संकलनकाे काम गरिने नगरपालिकाले जनाएको छ ।

बिबरण दिनकाे लागि आफ्नाे सक्कल नागरिकता, बसाइँसराइ भएको हकमा बसाइँसराइ गरि आएकाे सिफारिस पत्र, बुवा आमाकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी, बिवाहितकाे हकमा नागरिकतामा पति पत्निकाे नाम उल्लेख नभएको खण्डमा बिवाह दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...