२२ पौष, सुर्खेत ।
बराहताल गाउँपालिका वडा नं २ को गिरीघाटमा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय सिस्नेरीमा शैक्षिक सामाग्री बितरण गरिएको छ । HELP संस्था काठमाडौं र छिरिङ्ग लामाको सहयोग तथा गायक यश कुमारको समन्वयमा बिस्थापित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बिद्यालयले जनाएको छ ।
सामाग्री बितरण कार्यक्रममा गाउपालिका अध्यक्ष भिम बहादुर भण्डारीले बिपन्न बालबालिकाहरुको लागि गरेको सहयोग प्रति सहयोगी निकाय र ब्यक्तिलाइ धन्यावाद समेत दिनुभएको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ ५२ थान झोला, स्टेसनरी र सरसफाइका सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक तारा पोखरेलले जानकारी दिनुभएको छ ।
